काठमाडौं – सरकारले संघीयता कार्यान्वयन गरिएपछि निष्कृय रहेका पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ।
मन्त्रिपरिषद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिलायलमा रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेजीको निर्णय गरेको हो।
क्षेत्रीय कार्यालयको सबै सम्पत्ति सम्बन्धित प्रदेशका मुख्यमन्त्रीको कार्यालय मातहत जाने बास्कोटाले जानकारी दिएका छन्।