गुल्मी – जिप दुर्घटनामा परी पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीको निधन भएको छ। जिल्लाको मुसिकोट नपा वडा नम्बर १ नेटामा आजबिहान भएको जिप दुर्घटनामा परी नेपाली कांग्रेस जिल्ला कार्य समितिका पूर्व सभापति एवम् पूर्व सांसद शर्मालगायत अन्य दुइ जनाको मृत्यु भएको छ।
त्यस्तै दुर्घटनामा परी ८ जना घाइते बनेका छन्। जिपमा १० जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। लु १ ज १९५७ नम्बर जिप आज बिहान मुसिकोट नपा वडा नम्बर १ को नेटामा दुर्घटना भएको थियो। जिप बाग्लुङको सिमानामा करिब २ सय मिटर तल खसेको छ। घाइतेहरुको सदरमुकाम तम्घास र वामी टक्सारमा उपचार हुँदैछ।
धुर्कोट गाउँपालिका निवासी भण्डारी २०४७ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसका पूर्व सांसद शर्माको निधनले गुम्ली कांग्रेसलाई ठूलो क्षति पुगेको नेपाली कांग्रेसका नेता अनिल बस्नेतले नेपाली पब्लिकलाई जानकारी दिएका छन्।