काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले कानूनी रुपमा राजनीतिक दलको मान्यता पाएको छ। निर्वाचन आयोगले उक्त पार्टीलाई राजनीतिक दलको मान्यता दिदैँ चुनाव चिह्न ‘हलो’ प्रदान गरेको छ।
राजनीतिक दलको मान्यता पाएपछि उक्त पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दै राप्रपा संयुक्त मुलधारको संस्थापन पक्ष भएको जनाएको छ।
अध्यक्षद्वय पशुपति सम्शेर ज.ब.रा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी संगठनलाई सशक्त र प्रभावकारी बनाउदै लैजानसपर्ने दायित्व भएको भन्दै त्यसका निम्ति लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
ज.ब.रा र लोहनीले नेतृत्व गरेका दलबीच एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) गठन गरिएको थियो।