चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्म तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने दावी गरेका छन्।
माडीमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए।
विसं २००६ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। उनले चितवनको विषयमा कुनै समस्या नभए पनि अन्य केही जिल्लामा समस्या देखिएका कारण एकतामा ढिलाइ भएको जानकारी गराएका थिए।