काठमाडौँ–तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी महिला सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनलाई महालक्ष्मी लाईफ इन्स्यारेन्सले आरोहणको लागि शुभकामना प्रदान गरेको छ।
“शिक्षामार्फत बाल विवाहको अन्त्य” को नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान लागेकी साहसी महिलालाई प्रोत्साहित गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्योरेन्सले सहयोग गरेको हो।
गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी महिला पर्वतारोही कल्पना महर्जनलाई आरोहणमा सहयोग पुर्याउन उक्त कार्यको आधिकारीक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाल प्रालिसंग एक लाख प्रदान गर्ने गरी सम्झौता समेत भएको छ।
सगरमाथा आरोहणको क्रममा कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफको लोगो अंकित झण्डा पुर्याउने छिन् । सो कार्यको लागि महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहयोग रकमको चेक र लाईफ इन्स्योरेन्सको झण्डा कल्पना महर्जनलाई हस्तान्तरण गरेका छन्। ।