मोरङ - सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मोरङ जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नगरिकता दिन बन्द गरेपछि स्थानीय आन्दोलित बनेका छन्।
नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका स्थानीयहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्। स्थानीयले केपी ओली मुर्दाबाद, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए।
चैत २० गते गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेको थियो। उक्त परिपत्रको आधारमा स्थानीय प्रशासनले नागरिकता शुरु गरेको थियो। तर, सर्वोच्च अदालतले आइतबार तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन नगर्न-नगराउन अन्तरिम आदेश दिएको थियो।