काठमाडौँ - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ। सोमबार साँझएक विज्ञप्ति जारी गर्दै नेकपाले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो।
आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो। ओली सरकारको फासीवादी दमनको प्रतिरोध गर्न विरोधका कार्यक्रम घोषणा गरेको जारी विज्ञप्तिमा उल्लेख छ। सरकारले केही समयअघि विप्लव समूहका राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
बैशाख ६ अघिबाट नै लागू हुने गरी विभिन्न कार्यक्रम घोषणा गरेको विप्लव समूहले चैत २६ देखि २९ सम्मा आफुहरुमाथि लगाइएको प्रतिबन्धको विरोधमा पर्चा वितरण तथा भन्डाफोर अभियान चलाउने कार्यक्रम तय गरेको जानकारी दिउको छ भने बैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ।