वीरगञ्ज – संघीय सांसद प्रदीप यादवले धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा सवैले लाग्नुपर्ने बताएका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा गाउँमा पर्यटकीय स्थल तथा धार्मिक स्थलको रुपमा रहेको हनुमान मन्दिर प्रांगणको कम्पाउण्ड वालको शिलान्यास गर्दै यादवले सो कुरा बताएका हुन्।
संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले भने, ‘आर्थिक समाजिक रुपान्तरणको लागी धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा हामी सवैले लाग्नुपर्छ। त्यसका लागि म लागिरहेको छु। सवै तहका सरकार र स्थानीयबीच समन्वय हुनुपर्छ।’ यादवले अगामी आर्थिक वर्षको बजेटबाट २० लाख रुपैयाँ छुट्याएर धर्मशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
यादवले शिलान्यस गरेको हनुमान मन्दिर प्रांगणको कम्पाउण्ड वाल पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा निर्माण हुन लागेको हो। कार्यक्रम वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसीया, संघिय समाजवादी फोरमका नेता लालदेव यादव, फरिद आलम लगायतको उपस्थिति थियो।