काठमाडौँ - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव’ माओवादीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्त पुनः पक्राउ परेका छन्।अदालतको आदेशमा रिहा भएलगत्तै उनी अदालत परिसरबाटै पुनः पक्राउ परेका हुन्। जीवन्तलाई यहि चैत १ गते राति ललितपुरस्थित उनकै डेराबाट प्रहरीले पक्राउ गरेको थियो।
बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै अदालतले कार्कीलाई रिहा गर्न आदेश दिएको थियो। तर, जिल्ला प्रहरी कार्यालय, संखुवासभामा अर्को मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नु पर्ने भन्दै प्रहरीले पुनः पक्राउ गरेको हो।
यसअघि उनलाई चैत पहिलो साता राज्यविरुद्धको अपराध कसुर अन्तरगत कारबाहीका लागि पक्राउ गरिएको थियो। संखुवासभामा कार्कीविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान हुनेछ।