लमजुङ - जिल्लाको बेसीशहरमा १२औँ राष्ट्रिय बौद्ध सम्मेलन शुरु भएको छ। दुईदिसम्म सञ्चालन हुने सम्मेलनको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन्।
सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक र संस्कृतिले युक्त इन्द्रेणीमय देश भएकाले एक आपसमा एकता कायम रहनुपर्नेमा जोड दिएका छन्।
विकासको प्रमुख आधार नै शान्ति र सुरक्षित वातावरण भएकाले वौद्ध धर्मका माध्यमबाट त्यस्तो अवस्थाको सिर्जना गर्ने तर्फ लाग्न र संघीय तथा प्रदेश सरकारले लिएको आर्थिक सम्वृद्धि हासिल गर्न सघाउन समेत उनले अनुरोध गरेका छन्।