काठमाडौं – नबिल ब्यालेन्स फण्ड–२ ले आगामी वैशाख ५ गतेदेखि सर्वसाधारणका लागि इकाइ विक्री गर्ने भएको छ। उक्त फण्डले १० करोड २० लाख इकाइ सार्वजनिक निष्कासन गर्ने भएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १२ करोड इकाइ निष्कासन गर्ने अनुमति पाएकोमा तयसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाइ कोष प्रवद्र्धक तथा व्यवस्थापकका लागि छुट्याएको छ।
योजना प्रवद्र्धकतर्फ छुट्याइएको मध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि र १ प्रतिशत अर्थात १२ लाख इकाइ नबिल बैंकलाई छुट्याएको छ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको उक्त इकाइ छिटोमा वैशाख ९ गतेसम्म विक्री खुला गर्नेछ। उक्त अवधिमा पनि सबै इकाइ विक्री हुन नसके ढिलोमा जेठ ३ गतेसम्म विक्री खुला गरिने निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले बताएको छ।
प्रतिइकाइ रू. १० अंकित दरको उक्त इकाइ लगानीकर्ताले न्यूनतम १०० र अधिकतम १ करोड २० लाख इकाइसम्मका लागि आवदेन दिन सक्ने कम्पनीले बताएको छ। यस योजनाको अवधि इकाइ बाँडफाँड भएको अवधिले १० वर्षसम्मको रहेको छ।
कोष प्रवद्र्धक नबिल बैंकको रेटिङ ‘इक्रा एनपी आईआर डब्बल ए माइनस’ र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको ‘इक्रा एनपी एएमसी क्वालिटी थ्री प्लस’ रहेको छ। दुवै रेटिङले लगानी सुरक्षित रहेको संकेत गर्दछ।
आवदेनका लागि आस्बा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमा खाता भएकाले अनलाइन आवेदन दिन सकिनेछ।