भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टी भित्रका गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। नेपाली काङ्ग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ को अवसरमा छ्वासटोलमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, ‘काङ्ग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन्।’
‘बिपीले देखाएको बाटो काङ्ग्रेसले विर्सन हुन्न’, महामन्त्री डा.कोइरालाले भने, ‘राष्ट्रिय मेलमिलापको नीति अङ्गालेको कांग्रेसभित्र नै मेलमिलाप नहुन दुःखद हो।’