काठमाडौँ - जिल्ला सभापतिहरुको काठमाडौँमा जारी भेलाले मुलुकमा देखिएको कम्युनिष्ट अधिनायकवाद र भष्ट्रचार विरुद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त अभियान सुदूरपश्चिम प्रदेशबाट शुरु गरिने जिल्ला सभापतिहरुका संयोजक मधु प्रसाद आचार्यले जानकारी दिएका छन्।
महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि बुधबार कांग्रेसका असन्तुष्ट ५१ जिल्ला सभापति काठमाडौँमा भेलामा उपस्थित भएका छन्।
बुधबार ५१ जना जिल्ला सभापतिहरु उपस्थिति भए पनि बिहीबार बिहानुसम्म थप चार जना सभापति काठमाडौं आइपुगेका संयोजक आचार्यले नेपाली पब्लिकलाई बताएका छन्। जसमा नवलपरासीका अर्जुन पोखरेल, कास्किका कृष्ण केसी, रसुवाका पेम्बा छिरिङ तामाङ र गुल्मीका भुवन श्रेष्ठ रहेका छन्। यसअघि भेलामा उपस्थित हुने भनिएका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भने उपस्थित भएका छैनन्।
केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तल्लो बुथबाटै चुनिनुपर्ने र समानुपातिकमा एकै व्यक्तिको उम्मेदवारी पटक–पटक नदोहोर्याउने गरी महासमितिमा गरिएको सहमति उल्टिएपछि बहुमत जिल्ला सभापतिहरु विरोधमा उत्रिएका हुन् ।
बुधबार बिहानबाट क्षेत्रपाटीस्थित होटेल काठमाडौंमा सुरु भएको भेलामा अधिकांश जिल्ला सभापति नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर मानिन्छन्।
भेलामा उपस्थित जिल्ला सभापतिहरू
१ लीलादेवी बोखिम ताप्लेजुङ
२ नरेन्द्रकुमार केरुङ पाँचथर
३ हिमालय कर्माचार्य इलाम
४ उद्धव थापा झापा
५ गोविन्द ढुंगाना तेह्रथुम
६ नन्दमणि राई भोजपुर
७ नरेशकुमार श्रेष्ठ खोटाङ
८ विनोद बस्नेत सोलुखुम्बु
९ राजीव कोइराला सुनसरी
१० डिगबहादुर लिम्बू मोरङ
११ विदुर बस्नेत उदयपुर
१२ दीपेनकुमार श्रेष्ठ संखुवासभा
१३ कृष्णदेव यादव रौतहट
१४ अजय द्विवेदी पर्सा
१५ उज्ज्वल बराल सिन्धुली
१६ मधु आचार्य काभ्रे
१७ लवश्री न्यौपाने रामेछाप
१८ विकास लामा सिन्धुपाल्चोक
१९ जगदीश्वरनरसिंह केसी नुवाकोट
२० सबुज बानियाँ काठमाडौं
२१ रमेश धमला धादिङ
२२ जितनारायण श्रेष्ठ चितवन
२३ वैकुण्ठ न्यौपाने तनहुँ
२४ खम्ब गर्बुजा म्याग्दी
२५ यङजिङ विष्ट मुस्ताङ
२६ कुमार राणा स्याङ्जा
२७ विष्णुप्रसाद लामिछाने नवलपुर
२८ भेषबहादुर पौडेल लमजुङ
२९ हरिबहादुर घले गोरखा
३० वीरबहादुर राणा पाल्पा
३१ विष्णुप्रसाद खनाल अर्घाखाँची
३२ सुरेन्द्रप्रसाद आचार्य कपिलवस्तु
३३ अम्मरप्रसाद भण्डारी प्युठान
३४ अमरसिंह पुन रोल्पा
३५ केशरमान रोका पूर्वी रुकुम
३६ किरण कोइराला बाँके
३७ सञ्जय गौतम बर्दिया
३८ खड्गबहादुर शाही मुगु
३९ दीपबहादुर शाही जुम्ला
४० हर्षबहादुर बम कालिकोट
४१ कृष्णकुमार बिसी दैलेख
४२ कमलराज रेग्मी सुर्खेत
४३ प्रेमप्रकाश ओली पश्चिम रुकुम
४४ गणेशबहादुर चन्द सल्यान
४६ जयपति रोकाया हुम्ला
४७ अंगत बुढा डोल्पा
४८ कर्णबहादुर मल्ल डडेल्धुरा
४९ ललितसिंह बोहरा दार्चुला
५० नरेन्द्रसिंह थापा बैतडी
५१ हर्कजंगबहादुर सिंह बझाङ
५२ पम्बा छिरिङ तामाङ रसुवा
५३ कृष्ण केसी कास्कि
५४ भुवन श्रेष्ठ गुल्मी
५५ अर्जुन पोखरेल नवलपरासी