काठमाडौँ - मंगलबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्च बाहेक उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेको छ। सिफारिस हुनेमा उच्च अदालतका नायब महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण र मेलमिलाप आयोगका सचिव रमेश ढकाल, पुनरावेदन अदालतकी पूर्व अतिरिक्त न्यायाधीश नीलम पौडेल, सर्लाही जिल्ला न्यायाधीश राजेशकुमार काफ्ले, रौतहट जिल्ला न्यायाधीश लेखनाथ ढकाल छन्।
यस्तै चितवन जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, भक्तपुर जिल्ला न्यायाधीश महम्मद जुनेद आजाद, ललितपुर जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी र पर्सा जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्ण उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीश सिफारिस हुनेमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका साह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया र अञ्जु उप्रेतीलाई सिफारिस गरिएको छ।
उच्च अदालतमा सिफारिस साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन्। उच्चमै न्यायाधीश सिफारिस थपलिया न्याय परिषद्का सदस्य रामप्रसाद सिटौलाका ज्वाइँ हुन्। नीलम उपप्रधानमन्त्री ईश्वर पोख्रेलकी भान्जी हुन्। सर्वोच्चमा सिफारिस भएका न्यायाधीश ढुंगाना र माथेमालाई तत्कालका लागि सर्वोच्चमै काजमा राखिएको छ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडाललाई उच्च अदालत पाटन र दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याललाई पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।
यो पनि पढ्नुहोस्