काठमाडौँ – नेपाली कांग्रेसले बारा–पर्सामा हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल ट्विट मार्फत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्दार र राहतमा खटिन निर्देशन दिएका हुन्।
बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै देउवाले घाईतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गरेका छन्।
https://twitter.com/DeubaSherbdr/status/1112539153449644032?s=20
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बारा–पर्सामा हावाहुरीबाट प्रभावितहरूको उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई फोन गरेर पनि निर्देशन दिएको बताए।
उनले कांग्रेस केन्द्रको तर्फबाट उपसभापति विमलेन्द्र निधि प्रभावित क्षेत्रमा जान लागेको बताए।
https://twitter.com/bishwaprakash77/status/1112591880720539650?s=20
आइतवार साँझ आएको हावाहुरीले नेपालको पूर्वी तराईका दुई जिल्ला बारा र पर्सामा ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।