काठमाडौँ - ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४ परियोजनामा लगानीका लागि आवेदन दिएका हुन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ १० अर्ब ९५ करोड अमेरिकी डलर छ ।
विदेशी लगानीकर्ताले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, काठमाडौं मेट्रो र बस र्यापिड ट्रान्जिट बिआरटी काठमाडौंका लागि लगानीको आवेदन दिएका छन् । त्यस्तै, पश्चिम सेती, तमोर, एकीकृत कृषि परियोजना, धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत परियोजनामा पनि आवेदन परेको छ । सरकारले सूचीकृत नगरेका परियोजनामा समेत लगानीका लागि आवेदन आएको छ । विदेशी लगानीकर्ताले पाँच सय ५० मेगावाटको सोलार र लजिस्टिक ब्लक टर्मिनलमा लगानीका लागि आवेदन दिएका हुन् ।
सरकारले लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजीका १७ गरी ७७ परियोजनालाई सूचीकृत गरेको थियो । तर, शनिबारसम्म १७ परियोजनामा मात्रै लगानीका लागि आवेदन आएको छ । आवेदनको अन्तिम मिति भने २० अप्रिलसम्म छ । ‘बाँकी समयमा थप आवेदन आउनेछ,’ लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘अहिल्यै कम आयो भनेर विश्लेषण गर्न नमिल्ला ।’
यस्ता छन् लगानीका सम्झौतारसमझदारी र घोषणा
१. चौधरी ग्रुप र सराफ ग्रुपबीच संयुक्त लगानीमा मल्टिपर्पोज सेन्टर विकास गर्ने सम्झौता । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सराफ ग्रुपका कार्यकारी निर्देशक सलाह सराफले सम्झौतामा हस्ताक्षर गरे।
२. चौधरी ग्रुप र स्काई पावरबीच संयुक्त लगानीमा ६ सय मेगावाटको सोलार पावर स्थापना गर्ने सम्झौता । निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले सम्झौतामा हस्ताक्षर गरे ।
३. सिजी लाइफसेल र तुर्कसेलबीच फाइभ–जी नेटवर्क सेवामा संयुक्त लगानी गर्ने सम्झौता । चौधरी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र तुर्कसेलका बिजनेस प्रमुख नेजत मुरातद्वारा हस्ताक्षर ।
४. १ सय ६४ मेगावाटको कालिगण्डकी जर्ज जलविद्युत् परियोजना संयुक्त विकास गर्न हाइड्रो सोलुुुसन ग्रुप, नेपाल र सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कम्पनी लिमिटेडबीच सम्झौता । सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सांघाई इन्भेस्टिगेसनका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख जु जेङसेङले हस्ताक्षर गरेका छन् ।
५. लगानी बोर्ड नेपाल ९आइबिएन०, इन्टरनेसनल फाइनान्स कर्पोरेसन ९आइएफसी० र विशेष आर्थिक क्षेत्र ९सेज० प्राधिकरणबीच पिपिपी मोडलमा सिमरा सेज विकास गर्ने सम्झौता । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आइएफसीका वरिष्ठ लगानी अधिकृत पंकज सिन्हाद्वारा हस्ताक्षर ।
६. सिन्सियर कन्सल्टिङ लिमिटेड र रिसोर्सेस हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बनेपामा हिमालय बुटिक भिलेज रिसोर्ट विकास गर्ने सम्झौता । रिसोर्स हिमालयका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङका प्रबन्ध निर्देशक एडिइ सियाद्वारा हस्ताक्षर ।
७. गैरआवासीय नेपाली संघ ९एनआरएन० र उद्योग विभागबीच नेपालमा लगानी गर्नेगरी १० अर्ब रुपैयाँको कोष स्थापना गर्ने समझदारी । एनआरएनका अध्यक्ष भवन भट्ट र विभागका महानिर्देशक विनोद प्रकाश सिंहद्वारा हस्ताक्षर ।
८. भारतको नेसनल कल्चरल म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेयरहाउस कम्पनी लिमिटेडबीच ग्रेन वेयर हाउसमा संयुक्त लगानी गर्ने सम्झौता । सम्झौतामा नेपाल वेयरहाउसका प्रबन्ध निर्देशक आनन्द बगारिया र नेसनल कल्चरलका कार्यकारी अधिकृत अनुपम कौसिकले हस्ताक्षर गरेका छन् ।
९. नेपाल निर्माण व्यवसायी महासंघ ९एफक्यान० र म्यानमार लाइसेन्स्ड कन्ट्र्याक्टर एसोसिएसन ९एमएलसिए०बीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी । महासंघका अध्यक्ष रवि सिंह र एमएलसिएका अध्यक्ष यु किवाद्वारा समझदारीपत्रमा हस्ताक्षर ।
१०. कोरियन इन्भेस्टर ९कोसेप०ले २ सय १६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत आयोजनामा ६५ करोड अमेरिकी डलर लगानी गर्ने निश्चित गरेको छ । कोरियन इन्भेस्टरका उपाध्यक्ष हाक विन किमले लगानीको घोषणा गरे ।
११. भारतको मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा ३९ करोड ९० लाख रुपैयाँ लगानी गर्ने । मुथुटको नेपाल कन्ट्री हेड अनिल कार्कीले लगानीको घोषणा गरे ।
१२. लगानी बोर्ड नेपाल ९आइबिएन० र इन्भेस्टमेन्ट बोर्ड, साउथ अफ्रिकाबीच आपसी सहकार्य गर्ने समझदारी । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र इन्भेस्ट साउथ अफ्रिकाका कार्यकारी प्रमुख युनुस हुसेनद्वारा समझदारीपत्रमा हस्ताक्षर।
१३. अपि पावर कम्पनी लिमिटेड नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच सोलार पावर ९१८ मेगावाट०, जलविद्युत परियोजना ९८ मेगावाट र विन्ड प्रोजेक्ट १० मेगावाट विकासमा लागनी गर्ने समझदारी । अपि पावरका अध्यक्ष गुरु न्यौपाने र कँडेल ग्रुपका अधयक्ष राजन कँडेलले समझदारीपत्रमा हस्ताक्षर गरे।
१४. डोल्पा हिमालयन फाउन्डेसनले जलविद्युतमा ८ करोड डलर लगानी गर्ने । प्रबन्ध निर्देशक सन्दीप साहद्वारा लगानीको घोषणा।
१५. प्रदेश दुई र सीजी इन्फ्रास्ट्रक्चर प्रालीबीच प्रदेश २ मा सोलार प्लान्ट स्थापना गर्ने समझदारी । निर्वाण चौधरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादवद्वारा समझदारीपत्रमा हस्ताक्षर ।
१६. कुल १ खर्ब १२ अर्ब २८ करोड ८५ लाख रुपैयाँ लगातको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धतापत्रमा भारतीय तथा नेपाली बैंक र आयोजना विकास गर्ने कम्पनी एसजिभिएनबीच हस्ताक्षर । अरुण ३ मा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड, एभरेस्ट बैंक लिमिटेड नेपालले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंक लिमिटेड नेपालले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ लगानी गर्नेछन् । प्रतिबद्धतापत्रमा एसजिभिएनका प्रमुख कार्यकारी अधिकृत सतिश कुमार शर्मा, स्टेट बैंक अफ इन्डियाकासहायक महाप्रबन्धक पिसारोती विनोद कुमार, एभरेस्ट बैंकका उपप्रबन्धक गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे ।
सम्मेलनमा विदेशी लगानीकर्ताले हालसम्म गरेको लगानीको आवेदन
परियोजना र अनुमानित लगानी अमेरिकी डलरमा
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल २ आवेदन ३ अर्ब
काठमाडौं बाहिरी चक्रपथ २ आवेदन १ अर्ब ८७ करोड १० लाख
काठमाडौं मेट्रो रेल ३ अर्ब
बस र्यापिड ट्रान्जिट बिआरटी, काठमाडौं १४ करोड ९५ लाख
तमोर जलाशय परियोजना २ आवेदन १ अर्ब ३५ करोड
पश्चिम सेती जलविद्युत् आयोजना १ अर्ब ४८ करोड
एकीकृत कृषि परियोजना, उर्लाबारी ५४ लाख ५० हजार
एकीकृत कृषि परियोजना, बनेपा र चितवन ४४ लाख ३० हजार
एकीकृत कृषि परियोजना, हेम्जा पोखरा ५६ लाख ३० हजार
धुलिखेल मेडिसिटी ७ करोड ४० लाख
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र २ आवेदन १ करोड ४० लाख
५५० मेगावाट सोलार सोकेसबाहिरको लगानी नखुलेको
लजस्टिक बल्क टर्मिनल सोकेसबाहिरको लगानी नखुलेको
तथ्यांकमा लगानी सम्मेलन
विदेशी पाहुना ७३५
स्वदेशी सहभागी ६००
विदेशी कम्पनी ३००
स्वदेशी कम्पनी १००
द्विपक्षीय वार्ता ६९
संयुक्त लगानी सम्झौता ६
लगानीको सम्झौता ४
लगानी घोषणा ३
लगानी प्रतिबद्धता १
सहकार्यको समझदारी २
कसले के भने ?
विदेशी लगानी स्वदेशी लगानीको परिपूरकः पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी
सम्भवतः अहिले नेपालमा लगानीकर्ताका लागि सबैभन्दा सजिलो राजनीतिक वातावरण छ । हामीले राजनीतिक एजेन्डालाई पार लगाई आर्थिक एजेन्डालाई प्रधान बनाएका छौँ । कानुनी व्यवस्था लगानीमैत्री बनेको छ । विदेशी लगानीको कुरा गरिरहँदा हामीले घरेलु निजी क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिएका छौँ । विदेशी लगानी घरेलु निजी क्षेत्रको लगानीको प्रतिस्थापन होइन, परिपूरक हो ।
नेपाल दक्षिण एसियाको उदाउँदो तारा डा. युवराज खतिवडा
अर्थमन्त्री तथा लगानी सम्मेलनका संयोजक
लगानीका लागि नेपालमा सर्वोत्कृष्ट क्षेत्रहरू छन्, साझेदारीका लागि सर्वश्रेष्ठ मानिस छन्, लगानी विस्तारका लागि सर्वोत्कृष्ट गन्तव्य छन् र तपाईंले लगानीको सबैभन्दा राम्रो प्रतिफल प्राप्त गर्नुहुनेछ । हामी लगानीकर्तालाई नेपालमा सर्वोत्कृष्ट र व्यावसायिक सहजीकरण र सेवा पनि प्रदान गर्नेछौँ । लगानीकर्ताको रुचि, प्रतिबद्धता र प्रस्ताव हेर्दा नेपाललाई हामी संसारकै उत्कृष्ट लगानी गन्तव्य बनाउन सक्छौँ भन्नेमा विश्वस्त छु । सम्मेलनका सहभागीले नेपाललाई दक्षिण एसियाको उदाउँदो ताराका रूपमा व्यवहार गरेका छन् ।
लगानी गर्न ढिला गर्नेहरू छुट्नेछन्ः विनोद चौधरी
अध्यक्ष, चौधरी ग्रुप
अब वास्तविक काम सुरु हुनेछ । अहिले भएका सम्झौताको प्रगति कस्तो हुनेछ भनेर मानिसहरूले हेर्नेछन् । यहाँ आएका लगानीकर्तालाई ल्याउन सरकारले कस्तो काम गर्नेछ भनेर समेत लगानी गर्नेछन्। यहाँ सहभागी भएका विदेशी लगानीकर्ताहरू नेपालको प्रवक्ताका रूपमा प्रस्तुत हुनेछन् । र, चाँडोभन्दा चाँडो लगानी पनि गर्नेछन्। नेपाल अब तयार भएको छ। तपाईंहरू ढिलो हुनुभयो भने छुट्नुहुनेछ।
नेपाल चाँडै संसारकै विकसित मुलुक बन्नेछ स् केरी अड्लर, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, स्काई पावर
मेरो कम्पनी स्काई पावर सौर्य ऊर्जा विकास गर्ने संसारको सबैभन्दा ठूलो कम्पनी हो । चौधरी ग्रुपसँग मिलेर हामीले यहाँ लगानी गर्दै छौँ । हामी यहाँ ६ सय मेगावाटको सोलार प्लान्ट बनाउन चाहन्छौँ। त्यो मात्रै होइन, यहीँ एसेम्ब्ली प्लान्ट पनि बनाउँदै छौँ । यहाँका मानिसहरू अत्यन्तै लगनशील छन् । यो मुलुकलाई विकसित बनाउन चाहन्छन् । सन् २०३० सम्म नेपालीले मध्यम आय भएको मुलुक बन्ने चाहना राखेका छन् । म विश्वासका साथ भन्न चाहन्छु– नेपाल चाँडै नै विश्वको सबैभन्दा विकसित मुलुक बन्नेछ ।
उद्योगीले भने– लगानी सम्मेलन सफल भयो
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको लगानी सम्मेलन २०१९ सफल भएको उद्योगी–व्यवसायीले बताएका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले लगानी सम्मेलन ‘ग्राण्ड सक्सेस’ भएको बताए । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले विदेशमा रहने नेपाली नेपालमा लगानी भित्र्याउन ‘शेर्पा’ बन्न तयार रहेको बताए ।
‘सम्मेलनले नेपाललाई लगानी गन्तव्यको रुपमा प्रस्तुत गर्न सफल भएको छ,’ उनले भने । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको ब्रान्डिङमा लगानी सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताए । नेपालमा भएको लगानीको सम्भावनाका क्षेत्र, प्रतिफलको अवसर, सरकारको दृष्टिकोण र छुट तथा सुविधाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन सम्मेलन सफल भएको शर्माले भनाइ थियो । यो समाचार जनार्दन बराल र कृष्ण रिजालले नयाँ पत्रिका दैनिकमा लेखेका छन्।