गुल्मि - पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताएका छन्।
सभापति देउवाले भने, ‘सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको छ।
नेपाली काङ्ग्रेस गुल्मीले शनिबार सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा पार्टी सभापति देउवाले उक्त विचार व्यक्त गर्नुभएको हो। जनतालाई शुसासन दिइ उनीहरुको आर्थिकस्तर माथि उकास्नुको साटो वर्तमान सरकार जनतालाई कर बढाएको बताए।
कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सङ्घीयता र संविधानको विरुद्धमा गएको आरोप लगाए। उनले वर्तमान सरकार राष्ट्रवादको भर्याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी गरे।
नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोइराला र सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतका केन्द्रीय नेताहरुले सरकारको आलोचना गरेका थिए। रासस