काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन। गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीकाे कुनै जिम्मेवारी प्राप्त गर्न सकेका छैनन्।
पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन्। पार्टी एकता भएको ११ महिनाको अवधिमा प्र्रदेश कमिटिलाई पूर्णता दिनेबाहेक अनय सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन।
एकता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन्। यो समाचार मधुसुदन रायमाझीले नेपाल समाचारपत्रमा लेखेका छन्।