काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीकाे लागि ‘भर्जिन ल्याण्ड’ भएको बताउँदै विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न अनुरोध गरेका छन्। प्रधानमन्त्री ओलीले लगानीकर्ताहरुलाई सम्बोधन गर्दै भने,‘र्वतमान सरकार लगानीकर्ताहरु र लगानी सुरक्षित एवं नाफा सुनिश्चित गर्न प्रतिवद्ध छ।
आजबाट शुरु भएको दुईदिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ हो, जलविद्युतमा धेरै सम्भावना छ, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानीलगायतका क्षत्रेमा प्रशस्त सम्भावना छन्, त्यसैले ढुक्क भएर लगानी गर्नुहाेस्।
उनले भने, कुनै पनि द्विविधा नपरी लगानी लिएर नेपाल आउन आग्रह गर्दछु।’ उनले नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको बताए।