काठमाडौँ - गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओं) सरुवा गरेको छ। उपसचिवको दरबन्दी भएका चार र सहसचिवको दरबन्दी भएको एक जिल्लामा सिडिओको हेरफेर भएको हो।
गृह मन्त्रालयका अनुसार लमजुङमा मन्त्रालयबाट डा. डिजन भट्टराईलाई पठाइएको छ। लमजुङका सिडिओ झंक ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ।
त्यस्तै खोटाङमा अध्यागमन विभागमा कार्यरत विष्णुहरी उपाध्याय, ओखलढुंगामा गणेश आचार्य र हुम्लामा ढोलकराज ढकाललाई सरुवा गरिएको छ। त्यस्तै सहसचिव यज्ञराज बोहरालाई कैलालीको सिडिओमा सरुवा भएको छ। उनी कर्णाली प्रदेशमा कार्यरत थिए।