काठमाडौँ - आजबाट शुरु हुने लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) का लागि गृह मन्त्रालयले ६ हजार सुरक्षाकर्मी परिचालन गरेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।
चैत १५ र १६ गते हुने दुईदिने यस लगानी सम्मेलनमा ४० मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनकाे उद्घाटन गर्नेछन्।