काठकाडौँ - शनिबार मुलुकका विभिन्न भू-भागमा सम्पनन मुख्य कार्यक्रम र घटनाहरु तस्वीरमा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलका राना थारु महिला अन्तिम होली खेल्दै ।

तस्वीर: राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुरको भीमदत्तनगरमा शनिबार यहाँको एमएनआर ह्याप्पी क्लबले आयोजना गरेको लाइभ कन्सर्टमा आफ्नो प्रस्तुती राख्दै नेपाल आइडल रवि ओड ।

तस्वीरः शेरबहादुर सिंह
कञ्चनपुरको भीमदत्तनगरमा शनिबार यहाँको एमएनआर ह्याप्पी क्लबले आयोजना गरेको लाइभ कन्सर्टमा प्रमुख अतिथिका रुपमा सहभागी लोपोन्मुख राउटे समुदायका करवीर राउटे ।

तस्वीरः शेरबहादुर सिंह
दाङको लमहीमा भएको कृषि, विषादी र जलवायु परिवर्तनसम्बन्धी एकदिने अभिमुखीकरण तालीमपश्चात सामूहिक तस्वीर खिचाउँदै विद्यार्थी । पछिल्लो समय विद्यार्थी जलवायु परिबर्तन न्यूनीकरण सक्रिय बन्ने गरेका छ।

तस्वीर: दीपक बोहरा
नेपाल उद्योग वाणिज्य संघकी केन्द्रीय अध्यक्ष भवानी राणा उद्योग बाणिज्य संघ दाङको १४ औँ साधारणसभा एवम ४९ औँ स्थापना दिवसको अवसरमा घोराहीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै ।

तस्विर: रीता लामा
तुलसीपुरकी ११२ बर्षीया कौशिला केसीले आफ्नो अनुभव सुनाउँदै ।
तस्वीर: दीपक बोहरा
वालिङ नगरपालिका - १० स्थित मोदिखोलामा वडा कार्यालयद्वारा निर्माण गरिएको फलफुल तथा तरकारी सङ्कलन केन्द्रको उद्घाटन कार्यक्रममा मन्त्रीको स्वागतका लागि मादल बजाउँदै एक कृषक महिला ।

तस्वीर: हिमलाल पराजुली
भैरहवास्थित सिद्धार्थ रङ्गशालामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले हात पारेपछि सामूहिक तस्वीर ।

तस्वीर: नरेश केसी
स्वामीकार्तिक खापर गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा शुरु गरेको छ । नदीमा ¥याप्टिङ्ग सेवाको शुरु गर्दै गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही दायाँ र निमित्त कार्यकारी प्रमुख कुमेरबहादुर शाही बाँया

तस्वीरः प्रेमबहादुर वि.क
उद्योग वाणिज्य संघ, दाङको १४ औँ साधारणसभामा आर्थिक क्षेत्रमा कलम चलाई महत्व प्र्ण योगदान गरेको भन्दै पत्रकार गोविन्द खडकालाई सम्मान गर्दै उद्योग वाणिज्य संंघ केन्द्रीय अध्यक्ष भवानी राणा र दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल।

तस्वीर: नारायणी रजौरे
जन सांस्कृतिक महासंघ नेपालको आयोजनामा शबिनार प्रज्ञा भवनमा आयोजित पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको एकल शव्द/रचना तथा सङ्गीतकार मिलन तिमल्सीनाको एकल सङ्गीतमा प्रकाशित परिवर्तनका स्वरहरू भाग दुई गीतिसङ्ग्रहको लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली ।
तस्वीर: प्रदीपराज वन्त
काठमाडौँको भृकुटीमण्डपमा जारी २२औँ फ्लोरा एक्स्पोमा शनिबार सर्वसाधारणको भीड ।
तस्बिरः रोशन सापकोटा
सुदूर साहित्य प्रतिष्ठानको प्रथम साधारणसभाबाट निर्वाचित कार्य समितिका अध्यक्षसहित पदाधिकारी सामूहिक तस्वीरमा ।
तस्बीरः प्रेम रौले
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार ट्रकको ठक्करबाट क्षतिग्रस्त भएको जीप ।
तस्वीर: कृष्ण न्यौपाने
तनहुँको व्यास नगरपालिका–११ स्थित अर्चले डाँडाबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिँदै ।
तस्वीर: कृष्ण न्यौपाने
मनाङ ङिस्याङ गाउँपालिका ढुकुर पोखरीका स्थानीय संगिता गुरुङले तीन महिना देखि खाने पानीको अभाव भएपछि हिउँ पगालालेर पानी बनाउदै ।
तस्वीर: नवीन लामिछाने
तस्वीरः रासस