बैतडी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले सरकारले जनताको चाहना र आवश्यकता अनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकाको खोचलेकमा आयोजित अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताए।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा जिल्लाका विभिन्न स्थानमा भइरहेको अन्तक्र्रियामा सहभागी भएका नेता लेखकले सरकारले सङ्घीयता कार्यान्वयन गर्न सो अनुरुप काम गर्नुपर्ने आवश्यकता रहेको बताए।
पूर्वमन्त्रीसमेत रहनुभएका नेता लेखकले वर्तमान सरकारले विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले शुरुआत गरेका गौरवका योजनासमेत अलपत्र छोडेको बताए। काङ्ग्रेसले आइतबार बैतडीको डिलाशैनीमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने भएको जनाइएको छ। रासस