काठमाडौं – तराई मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताको प्रक्रिया प्रारम्भ भएको छ।
पार्टी एकताका लागि गठित कार्यदलले आवश्यक छलफल पनि सुरु गरेका छन्। पार्टी एकताका फोरमले राजपा नेपाललाई एक महिना अगाडि नै पत्र पठाएको एक नेताले बताए।
राजपा नेपालले बुधबार फोरमलाई एकताका लागि आफूहरू सकरात्मक रहेको जवाफ फर्काएको छ। राजपाले एकता प्रक्रियाका लागि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।
पहिचान पक्षधर र विचार मिल्नेहरुसँग एकता गर्ने पार्टीको नीतिअनुसार समिति बनाइएको राजपा नेपालले प्रष्ट पारेको छ।
फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पार्टी एकताका लागि वार्ता समिति गठन गरिसकेको छ।