नयाँ दिल्ली – सर्फ एक्सेलको एउटा विज्ञापन अहिले चर्चामा छ। होलीका अवसरमा बनाइएको यो विज्ञापनको विषयमा भारतीयहरु आक्रोशित भएका छन्।
विज्ञापनको विषयलाई लिएर सर्फ एक्सेलमाथि निरन्तर आक्रमण भइरहेको छ। ‘रंग लाए संग’ क्याम्पेनका दौरान होलीमा हिन्दू–मुस्लिमबीच मिठासको सन्देश दिने कोशिश विज्ञापनमा गरिएको थियो।
विज्ञापनमा सेतो टी–शर्ट लगाएर गल्लीमा घुम्दै रंग लगाउँछिन् एक बालिका। जब सबै रंग सकिन्छ, उनी आफ्ना मुस्लिम साथीलाई बोलाउँछिन्। र, भन्छिन्, ‘रंग सकियो, बाहिर आउ।’ त्यसपछि दुवै बालबालिका साइकलमा बसेर मस्जिद पुग्छन्। र, बालक नमाज पढ्न बस्छन्।
ट्विटरमा #BoycottSurfExcel ह्याजट्याग ट्रेन्ड भइरहेको छ। सवसाधारणले भारतमा यो उत्पादनलाइ प्रतिबन्ध गर्न माग गरेका छन्। केही व्यक्तिले त सर्फ एक्सेलको साटो गुगल एप स्टोरमा माइक्रोसफ्ट एक्सेललाई एक स्टार दिएर आलोचनात्मक कमेन्ट गरिरहेका छन्।