काठमाडौं – ग्लोबल आईएमई बैङ्कको कार्ड तथा एटीएम सेवा बन्द भएको छ। बैङ्कले सूचना प्रकाशित गरी बिहीबार सम्पूर्ण एटीएम सेवा बन्द रहने जानकारी दिएको हो।
बैङ्कले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले सेवा बन्द गरिएको उल्लेख गरिएको छ।
कार्ड परिवर्तन गर्न सम्पूर्ण डेविट र क्रेडिट कार्ड तथा एटीएम मेसिनका सेवाहरु बन्द रहने जनाइएको छ। बिहान १० बजेदेखि राति ९ बजेसम्म एटीएमका सम्पूर्ण सेवा बन्द रहने बैङ्कले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।