काठमाडाैँ । दक्षिण कोरियाका होटलका कोठाहरुमा गोप्य क्यामरा जडान गरेर १६ सय व्यक्तिको अश्लील गतिविधि रेकर्ड गरेको अभियोगमा चार जना पुरुष पक्राउ परेका छन् । ती चार व्यक्तिले अगष्ट महिनामा दक्षिण कोरियाका १० शहरमा ३० वटा अलग–अलग होटलमा १ एमएमको लेन्स क्यामरा जडान गरेको त्यहाँकाे प्रहरीले जनाएकाे छ। उनीहरुले गोप्य रुपमा भिडियो रेकर्ड गरेर वेबसाइटहरुमा राख्ने र सवा चार लाख रुपैयाँसम्म कमाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे।
क्यामरालाई टेलिभिजन, हेयर ड्रायरको होल्डर र सोकेशमा जडान गरेर कोठाभित्र बसेकाहरुको गतिविधि रेकर्ड गरेको पाइएको हो। यदि यो कुराको पुष्टि भयो र उनीहरु दोषी ठहरिए भने १० वर्ष जेल र दुई अर्ब रुपैयाँसम्म जरिवाना हुन सक्ने छ।
नोभेम्बरमा एक वेबसाइट बनाए, उक्त साइटमा ३० सेकेन्डको फ्रि भिडियो अपलोड गरिएको थियो र यदि पूरा भिडियो हेर्ने भए शुल्क लाग्ने भनेर उनीहरुले वेबसाइट हेर्नेहरुबाट पैसा लिने गर्दथे। वेबसाइटमा उनीहरुले यस्ता भिडियोहरु ८ सय ३ वटा राखेका थिए र विदेशमा वेबसाइटको सर्भर बनाएर कानुनबाट जोगिने प्रयास गरेका थिए। यसै महिना उक्त वेबसाइट बन्द गराइएको छ। एजेन्सी