काठमाडौं । भारतीय हिरा व्यपारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन । पञ्जाव नेसनल बैँकको २ अर्ब घोटाला गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको जनाइएको छ। बुधबार उनलाई वेस्टमिनिस्टर अदालतमा पेस गरिएकोमा मोदीको धरौटी माग अस्वीकार गरिएको छ।
अर्का सुनुवाई नहुँदासम्म ९ दिनसम्म उनलाई हिरासतमा राखिने छ। अर्को सुनुवाई २९ मार्चमा हुने छ। अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसबन्धी कागजात लिएर लण्डन जानेछन्।