बेइजिङ । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन्।
सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरू गरी मोनाकोका लागि पहिलो भ्रमण गर्दै आफ्नो पाँच दिने भ्रमणलाई फ्रान्समा लगेर टुङ्ग्याउने कार्यक्रम रहेको चीनले जनाएको छ।
यूरोपियन यूनियनले (इयू) १०–बुँदे योजना सार्वजनिक गर्दै बेइजिङसँगको सम्बन्धमा थप विश्वासको वातावरण बनाउँदै अघि बढ्ने प्रतिवद्धता आएको एक हप्तापछि हुन लागेकोले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। इयूले आफ्नो योजनामा चीनलाई उक्त समूहको एक ‘प्रतिस्पर्धी’ का साथसाथै एउटा ठूलो व्यापारिक साझेदार मुलुकका रूपमा अथ्र्याएको छ।
तर सीले आफ्नो भ्रमणका क्रममा चीनले इटालीसँग बेल्ट एण्ड रोड ९बिआरआई० कार्यक्रम आरम्भका लागि एक ट्रिलियन डलर बराबरको गैर–बन्धनकारी सहमति गर्ने अपेक्षा गरिएको छ।
चीनले जलमार्ग, रेलमार्ग तथा सडकमार्गसम्बन्धि आयोजनाका लागि एशियाली, यूरोपेली तथा अफ्रिकाली मुलुकहरूमा बिआरआई आयोजनामार्फत ठूलो आर्थिक लगानी गरेको छ, तर आलोचकहरूले उक्त कार्यक्रमले मुलतः चिनियाँ कम्पनी तथा फर्मलाई लाभ हुने भन्दै चीनले आर्थिक रूपमा अस्तव्यस्त रहेका मुलुकहरूमा ‘ऋणको बन्धन’ कसिरहेको आरोप लगाइरहेको छ।