काठमाडौँ । मंगलबार मुलुकका विभिन्न भागमा सम्पन्न भएका कार्यक्रम र घटनाहरु तस्वीरमा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन जाँदै ।
तस्वीरः रोशन सापकोटा
पूर्वप्रम खनालद्वारा सम्मान पूर्वप्रधानमन्त्री झलनाथ खनाल जनसांस्कृतिक महासंघद्वारा मंगलबार काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–१ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१औँ शहीद दिवस तथा जसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रममा जनसांस्कृतिक दीर्घसेवाबाट जेवी टुहुरेलाई सम्मान गर्नुहुँदै ।

तस्वीरः राजकुमार पराजुली
तीनघण्टाको बाटो अब १५ मिनेटमा म्याग्दीका दुई स्थानीय तह जोड्ने झोलुङ्गे पुल । जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ घतान जोड्ने यो पुल निर्माण भएपछि तीनघण्टाको बाटो १५ मिनेटमै छोटिएको छ ।
पुल निर्माण पछि भिर, जंगल, खोल्साखोल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य दुबै गाउँका बासिन्दा खुसी भएका छन् । पुलको लम्वाई १२५ मिटर रहेको छ । कुल रु ५९ लाखको लागतमा पुल सम्पन्न भएको हो ।

तस्वीरः धुर्बसागर शर्मा
नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकका निर्णय बारे पत्रकारसँग कुराकानी गर्दै ।

तस्वीरः रोशन सापकोटा
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई मानव अधिकारको लागि श्रोत विकास मञ्चद्वारा ५४ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको उपलक्ष्यमा मंगलबार यहाँ आयोजित “संघीयतामा दलितको अधिकार” प्रदेशस्तरीय बिचार गोष्ठीमा मन्तव्य व्यक्त गर्दै ।

तस्वीरः मनोज दाहाल
पाल्पाको पूर्वखोलामा चैत्य धान रोपाई गर्न चटारोमा किसान ।

तस्वीरः कृष्ण दर्नाल

पूर्व-प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनाल जनसांस्कृतिक महासंघ नेपालद्वारा आयोजित २१औँ शहीद दिवस तथा जसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमका अवसरमा मंगलबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१ अनैकोटस्थित दाहालगाउँमा राखिएको शहीद-स्तम्भ अनावरण गर्दै।
सशस्त्र द्वन्दताका २०५५ साल चैत ५ गते अनैकोटस्थित एक घरमा बसिरहेका बेला सुरक्षाकर्मीको गोलीबाट जनकलाकार च्याङ्वा लामा, चिनिमाया लामा, गुम्बासिं तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र मञ्जु कुँवरको मृत्यु भएको थियो। उनीहरुको सम्झनामा उक्त शहीद-स्तम्भ राखिएको हो । तस्वीरः राजकुमार पराजुली
तस्वीरः रासस