काठमाडौं – संयुक्त राज्य अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका सम्बन्धमा ‘नो इन्भेस्टिगेशन’ सर्कुलर जारी गरेको छ।
नेपाली मूलका अमेरिकी नागरिक प्रा.डा. तिलक श्रेष्ठले प्रचण्डलाई पक्राउ गर्न उजुरी दिएलगतै अमेरिकी सरकारले मातहतका सबै निकायलाई ‘नो इन्भेस्टिगेशन’ अर्डर जारी गरेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीको भ्रमणका क्रममा अमेरिकी सरकारले झमेला कुनै झमेला नहोस् भनेर नो–इन्भेस्टिगेशन अर्डर जारी गरेको थियो।
गतसाता नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले प्रचण्डसँग भेटगरी भ्रमणका क्रममा कुनै समय नआउने प्रष्ट पारेका थिए। साथै प्रचण्डको भ्रमणलाई अमेरिकाले उच्च महत्व दिने उल्लेख गरेका थिए।