काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गर्दै एक नेपाली मूलका अमेरिकी नागरिकले उजुरी दिएका छन्।
पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका प्रचण्डविरुद्ध केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत प्रा.डा. तिलक श्रेष्ठले उजुरी दिएका हुन्।
बाल्टीमोरस्थित संघीय व्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको आरोप लगाउँदै श्रेष्ठले नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका छन्।
