कञ्चनपुरको भीमत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परिवारमा सोमबार बिहान होली खेलेर रमाउँदै विद्यार्थी । तस्वीरः शेरबहादुर सिंह
काठमाडौँ । सोमबार मुलुकका विभिन्न भू–भागमा सम्पन्न मुख्य कार्यक्रम र घटनाहरु तस्वीरमा ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लािग भियतनामका राजदूत तोन सिन थान आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै ।

तस्वीर: नवीन पौडेल
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लािग नेदरल्याण्डस्का राजदूत मार्टेन कोर्निलस भाण्डेनवग आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै।

तस्वीर : नवीन पौडेल
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लािग स्लोभाकियाका राजदूत इभान लानक्यारिक आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै।

तस्वीर: नवीन पौडेल
प्रतिनिधिसभाको सोमबारको बैठक अवरोध गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद ।

तस्वीर:रोशन सापकोटा
नेपालका लागि बङगलादेशकी राजदूत श्रीमती मास्फे बिन्ते शाम्स वंङगलादेश दुतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरिद्वारा संयुक्तरुपमा आयोजित व्यापार र पर्यटन प्रवद्र्धनमा “हिमालयदेखि समुद्रसतहसम्म“विषयक सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै।

तस्वीर: मनोज दाहाल
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे वंङगलादेश दुतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरिद्वारा संयुक्तरुपमा आयोजित व्यापार र पर्यटन प्रवद्र्धनमा हिमालयदेखि समुद्रसतहसम्म विषयक सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै। साथमा नेपालका लागि वङगादेशकी राजदूत श्रीमती मास्फे बिन्ते शाम्स।
तस्वीर: मनोज दाहाल
नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सोमबार पत्रकारसँग कुरा गर्नुहुँदै ।
तस्वीर: रोशन सापकोटा
अर्थमन्त्री डा. युवराज खतिवडा सोमबार काठमाडौँमा आयोजित नागरिक लगानी कोष भवन शिलान्यास समारोह तथा २९औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदै ।

तस्वीर: चन्द्रकला क्षेत्री
अर्थमन्त्री डा युवराज खतिवडा सोमबार काठमाडौँमा आयोजित नागरिक लगानी कोष भवन शिलान्यास समारोह तथा २९ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै ।

तस्वीर: चन्द्रकला क्षेत्री
कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालीम केन्द्र गण्डकी प्रदेशको आयोजना र खोज पाठशालाको समन्वयमा मालेपाटन पोखरामा संचालित तीनदिने कृषि पत्रकारिता आधारभुत तालीममा सहभागी ।

तस्वीर: सुशीला रेग्मी
कर्णाली कलाकार समाजका अध्यक्ष लोक गायक पदम रोकाया राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ मा उकृष्ट सङ्गीतकार अवार्ड प्राप्त गरेका छन् ।

तस्वीर: विजय रावत
कञ्चनपुरको भीमत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परिवारमा सोमबार बिहान होली खेलेर रमाउँदै विद्यार्थी ।

तस्वीरः शेरबहादुर सिंह
उपप्रधान एवं जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सोमबार काठमाडौँमा परिवार नियोजन सम्मेलनमा परिवार योजनासम्बन्धी पुस्तक सर्वजनिक गर्दै।

तस्वीर: रोशन सापकोटा
उप-प्रधान एवं जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलगायत सोमबार काठमाडौँमा परिवार नियोजन सम्मेलनको उद्घाटन गर्दै।

तस्बिर: रोशन सापकोटा
सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठक ।

तस्वीर: नवीन पौडेल
गाउँपालिका महासंघ र नगरपालिका संघका प्रदेश नं। ५ को नेतृत्वले स्थानीय तहका समस्याबारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउन सोमबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन-पत्र बुझाउँदै ।

तस्वीरः भरत के.सी
वन डढेलो नियन्त्रणका लागि सचेतना जगाउन डिभिजन वन कार्यालयको आयोजनामा भोजपुर सदरमुकाममा सोमबार निकालिएको र्याली।

तस्वीर: युवराज विष्ट
मंगलसैन नगरपालिका– ३ का स्थानीयलाई गरीव घरपरिवार परिचयपत्र प्रदान गर्दै मंगलसैन नगरप्रमुख पद्मबहादुर बोहरा । ३ नम्वर वडामा १९० गरीव छन् भने मंगलसैन नगरपालिका भरीमा २ हजार २२२ जना गरीव रहेको तथ्याङ्क छ ।

तस्वीर: होम साउद
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख तुलसीदेवी हमाल सोमबार पूर्ण अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर परिचयपत्र प्रदान गर्नुहुँदै। नगरपालिकाबाटै पहिलो पटक अपाङ्गता परिचयपत्र वितरण गर्न शुरु गरिएको छ।
तस्वीर: राजेन्द्रप्रसाद पनेरु
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार उपसमितिले नेपालगञ्जमा तयार गरेको मिडिया सेन्टरको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्ट ।
तस्वीर: भेषराज बस्नेत
दिवा सेवा केन्द्रमा रमाउँदै ज्येष्ठ नागरिक घोराही उपमहानगरपालिका - १५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा नाँच्दै रमाउँदै ज्येष्ठ नागरिकहरु। घोराही उपमहानगरपालिकाले नगरका १९ वटै वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापनाको नीति अगाडि सारेको छ। केही वडामा निर्माणको काम पनि भइरहेको छ।
तस्वीर: रीता लामा
रुपन्देहीको तिलोत्तमा नगरपालिका - ९ मंगलापुरमा निर्माण हुन लागेको ज्येष्ठ नागरिक मिलन केन्द्रको सोमबार शिलन्यास गर्दै तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे।
तस्वीर: निरा गौतम
६ वर्षपछि गत शनिबार पक्राउ परेका जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त गजकुमार रार्ईलाई हिजो (आइतबार) सार्वजनिक गर्दै भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी ।

तस्वीरः युवराज विष्ट