काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय सुरक्षा परिषदमा फेरबदल गर्न ल्याएको विधेयकको बिरोध गरेपछि संसदले उक्त विधेयकलाई कार्यसूचिबाट हटाएको छ।
संशोधित विधेयकमा प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिन गरेको प्रस्तावको कांग्रेस जनाएको थियो। सोमबार संसद बैठकमा उक्त विधेयक प्रस्तुत हुने कार्यसूचि तय भएको थियो ।
तर कांग्रेसले त्यसलाई फिर्ता लिन अडान लिएपछि विधेयकलाई कार्यसूचिबाट हटाइएको छ। सरकारले फागुन २९ गते संसदमा उक्त विधेयक प्रस्तुत गरेको थियो।