काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित विद्यार्थी संगठनका काठमाडौं अध्यक्ष उषाकिरण आजादलाई पक्राउ गर्न प्रहरीले त्रिचन्द्र कलेजलाई घेराउ गरेको छ।
कलेजमा मानविकी विभागमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आएका नेता आजादलाई पक्राउ गर्न प्रहरीको विशेष टोली पुगेको हो।
आजाद भित्र रहेको र कलेज परिसरमा प्रहरीको घेरा रहेको एक विद्यार्थीले बताएका छन्।