काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई सुरक्षा निकायले आफूहरुको पहुँचभित्र रहेको दाबी गरेको छ।
हाल सिन्धुलीमा रहेका विप्लव र दाङमा रहेका प्रकाण्डका गतिविधिलाई नजिकबाट निहालिरहेको सुरक्षा प्रशासनले जनाएको छ। विप्लव-प्रकाण्डले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको आफूहरुलाई जानकारी प्राप्त भएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।
केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ। उनीहरुको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको छ। यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।