काठमाडौँ - ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ग्रेटर नेपालको नक्सा संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदअगाडि प्रदर्शन गरेको छ। मोर्चाका अध्यक्ष फणिन्द्र नेपालका अनुसार शनिबार जेनेभास्थित संयुक्त राष्ट्र संघको अगाडिको ‘ब्रोकन चेयर’ मा नक्सा प्रदर्शन गरिएको हो।
त्यहाँ पुगेका नेपालीहरूले पनि ग्रेटर नेपालको नक्सा प्रदर्शन गरी नेपालको जमिनमा भारतीय उपनिवेशको विरोध गरेका अध्यक्ष नेपालले बताए।
विगत २०३ वर्षदेखि नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिन पहिले बेलायत र त्यसपछि इन्डियाको उपनिवेशको जाँतोमा पिसिँदै आएको भन्दै साे भूभाग फिर्ता हुनुपर्ने माेर्चाले माग राख्दै आएको छ।