ललितपुर – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले शुक्रबार साँझ ललितपुरस्थित डेराबाटै नेता कार्कीलाई पक्राउ गरेको हो।
सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तामाथि प्रहरी धरपकड तीव्र पारिएको छ।