काठमाडौँ। राप्रपाले फागुन १५ मा ताप्लेजुङबाट शुरु गरेको ‘मेची महाकाली स्वाभिमान यात्रा’ को शुक्रबार राजधानीमा समापन गरेको छ। अभियानको समापनमा खासै जनसहभागिता देखिएन। उल्टै राजधानीको प्रदर्शनी मार्ग बन्द गरेर आयोजना गरेको कार्यक्रमले सर्वसाधारणलाई सास्ति दियो। सर्वसाधारणहरुले जामको मार खेप्नु पर्यो।
अभियानका क्रममा पार्टीका अध्यक्ष्य कमल थापाले हिन्दु राष्ट्र बनाइछाड्ने घोषणा गरेका थिए। निक्कै तामझाकासाथ शुरु गरिएको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, राजसंस्थाका बारेमा पुनः विचार गर्नुपर्नेलगायतका माग अघि सारेर राप्रपाले अभियान थालेको थियो।
राप्रपा अध्यक्ष थापाले लोकतन्त्रका नाममा लुटतन्त्र चलिरहेको आरोप लगाएका छन्। उनले राजसंस्थासहितको हिन्दु राज्य बनाउने एजेन्डामा समाहित हुन नेत्रविक्रम चन्दको नेकपादेखि पूर्वराजासम्मलाई आह्वान गरे।राप्रपाले फागुन १५ मा ताप्लेजुङबाट सुरु गरेको ‘मेची महाकाली स्वाभिमान यात्रा’को शुक्रबार राजधानीमा समापन गर्दै थापाले हिन्दु राष्ट्र बनाइछाड्ने घोषणा गरे।
राजादेखि विप्लवहरुसम्म अटाउने पार्टी राप्रपा हो,भृकुटीमण्डपमा आयोजित सभामा उनले भने, हिन्दुराष्ट्र पुनःस्थापना गराइछाड्छौं। काठमाडौंको चिसो खाल्डोलाई अब हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डाले तताउने थापाको उद्घोष थियो।

उनले भने, ‘काठमाडौं खाल्डो तात्न समय लाग्छ। जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ। हामी राजधानीलाई उठाउछौं, जगाउछौं र नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना गरेरै छाड्छौं’
उनले अगाडि भने,‘सरकारले सीके राउतसँग गरेको सहमति राष्ट्रहितविपरित र रहस्यमय रहेको थापाको भनाइ थियो। मैले दस्तावेज पढे। प्रष्ट हुन्छ, कि त्यो राष्ट्रहितविरुद्धको एउटा विवादास्पद र रहस्यमय सम्झौताको पुलिन्दामात्र हो, त्यो दस्तावेजमा कहीँकतै सीके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको उल्लेख छैन।’
तस्वीरः मुकुन्द कालिकोटे