धनुषा । नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाएका छन्।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको शुक्रबार आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताए। सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिको आरोप छ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाए पनि कारवाही गर्न नसकेको आरोप लगाए। उनले भने,‘भ्रष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ। हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन।’ रासस