रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले कानून विपरित गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन्।शुक्रबार बुटवलमा आयोजित साक्षात्कारमा उनले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताए।
उनले भने, ‘मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि रोकिने होइनन, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ।’
विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उनले, ‘कानून विपरीत गतिविधि गर्न कसैलाई छुट छैन।’ नेता महतले सङ्गठनात्मक कमजोरीका कारण पार्टीमा समस्या रहेको उल्लेख गरेका छन्। रासस