काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौँमा आंशिक रुपमा पर्याे। बन्दका कारण उपत्यकामा बिहिबार अरु दिनको तुलनामा कम मात्रै गाडी चलेका थिए।
चक्रपथबाहिर कम गाडी चल्दा सर्वसाधारणलाई आवतजावतमा समस्या परेकाे थियाे। पुतलीसडक, पुरानाे बसपार्क, घण्टाघर, रत्नपार्क, शहीदगेटलगायत काठमाडाैँकाे बढी सवारी चाप हुने स्थानहरूमा प्राय माेटरसाइकल र साना गाडीहरूमात्र चलेका थिए।
बन्दलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो। दिनभर कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।

तस्विरहरू: सराेज केसी।