काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको प्रभाव आंशिक रुपमा परेको छ। यद्यपि, काठमाडौं उपत्यकामा बिहान नै देखि अरु दिनको तुलनामा कमै मात्र गाडी चलेका छन्।
टेम्पो, निजी गाडी, मोटरसाइकल आदि चलिरहेका छन्। बस फाट्टफुट्ट चलिरहेका छन्। सरकारले गरेको ज्यादती र धरपकडको विरोधमा नेकपाले बन्दको आह्वान गरेको हो।
अधिकांश शैक्षिक संस्थाहरुमा पठनपाठन भएन। सरकार र निजी कार्यालयहरु आंशिक रुपमा खुलेपनि सेवाग्राहीहरुको चाप सधैंजस्तो छैन।
बन्दलाई दृष्टिगत गर्दै काठमाडौंका अधिकांश चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुबेदीले बताएका छन्।