दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौरामा सिँचाइका लागि डिप बोरिङ्बाट पानी तान्न जडान गरिएका सोलार । तस्वीरः दीपक बोहरा
काठमाडौँ । बुधबार मुलुकका विभिन्न भागमा सम्पन्न मुख्य कार्यक्रम र घटनाका तस्वीर।
१. राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो न्यु योर्कमा क्रोयसियाकी राष्ट्रपति कोलिन्दा ग्राबरसँग भेटवार्ता गर्नुभयो। उक्त अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो।
तस्वीरः सौजन्य वसन्त रुपाखेती
२. नेपाल नगरपालिका संघको २६औँ स्थापनाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।
तस्वीर: मुकुन्द कालिकोटे
३. नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार विराटनगर आउँदा विमानस्थलमा स्वागत गर्दै पार्टीका कार्यकर्ताहरु।
तस्वीरः मनोज दाहाल, रासस
४. इलाममा जारी अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप अन्तर्गत बुधबार हिमालयन शेर्पा क्लब काठमाडाँै र थ्री स्टार क्लब ललतिपुर बी खेल हुँदै।
तस्विरः टीका खतिवडा, रासस
५. हवाईजहाजबाट देखिएको कास्कीको पोखरामा निर्माण हुँदै गरेको अन्तरराष्ट्रिय विमानस्थल ।
तस्वीरः रोशन सापकोटा, रासस
६. कर्णाली प्रदेशसभामा अपाङ्गमैत्री नीति तथा संरचना निर्माणका लागि पहल गरिदिन कर्णाली प्रदेशसभाका सदस्य गोपाल शर्मालाई अनुरोध गर्दै कर्णाली प्रदेशका अपाङ्गता भएका व्यक्तिहरु प्रदेशसभा परिसरमा।
तस्वीरः दीपेन्द्र शर्मा, रासस
७. मोतीदेवी स्मृति केन्द्रद्वारा १०९औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा ‘प्रेरणादायी महिलाहरु’ पुस्तक विमोचन गर्दै।
तस्वीरः चन्द्रकला क्षेत्री, रासस
८. प्रधानसेनापति पूर्णचन्द्र थापा सुदूरपश्चिम प्रेदश भ्रमणमा। भ्रमणका क्रममा सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायल अन्तर्गतका बाहिनी, गण, गुल्म तथा शिक्षालयको निरीक्षण भ्रमण गरेका छन्।

९. एसइइ परीक्षा केन्द्रमा सेनेटरी प्याड व्यवस्था गर्न गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको रु ४१ हजारको चेक बुधबार जिल्ला शिक्षा विकास तथा समन्वय एकाई तनहुँका निमित्त प्रमुख डिल्लीरमण भट्टराईलाई हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले। साथमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र मन्त्रालयका प्रमुख महिला विकास अधिकृत तुलसा अर्याल।
तस्वीरः कृष्ण न्यौपाने, रासस
१०. युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका - ६ बड्खेलमा बुधबार सिद्धार्थ बालगृहको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै।
तस्वीरः राजकुमार पराजुली
११. राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संयुक्त राष्ट्र सङ्घको न्यु योर्क्स्थित मुख्यालयमा महासभाका ७३औँ अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेससँग भेटवार्ता गर्नुभई महिलाका हक हितका विषयमा छलफल गर्नुभयो।
तस्वीरः सौजन्य वसन्त रुपाखेती
१२. प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल बुधबार जनशक्ति प्रक्षेपण कार्यदल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय काठमाडौँले बुटवलमा आयोजना गरेको जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजनासम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै।
तस्बिर: निरा गौतम, रासस
१३ . कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अर्गा्निक कृषिसम्बन्धी अन्तरक्रियामा फूलको बोटमा पानी सिञ्चन गरी उदघाटन गर्दै।
तस्बिरः दिपेन्द्र शर्मा, रासस
१४. जाजरकोट बारेकोट गाउँपालिका– ८ सुपुखोलामा सडक निर्माण गरिरहेको डोजर माथिबाट आएको पहिरोमा पर्दा चालकसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ।
तस्वीरः हेमन्त केसी, रासस
१५. राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली स्वाभिमान यात्राको क्रममा बुधबार दमौली आइपुग्नुभएका राप्र पार्टीका अध्यक्ष कमल थापा लगायत नेताहरु।
तस्वीरः कृष्ण न्यौपाने, रासस
१६. दूतावासले नेपालका विभिन्न विश्वविद्यालयमा अध्यनरत दुई सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीसहित सहभागिहरु सामुहिक तस्वीर खिचाउँदै।
तस्वीरः मुकुन्द कालिकोटे
१७. प्रतिनिधिसभाको बुधबारको बैठकमा आआफ्नो ठाउँमा उभिएर विरोध गर्दै राष्ट्रिय जनता पार्टीका सांसद।
तस्वीर: रत्न श्रेष्ठ, रासस