काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता राम कार्कीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयप्रति आलोचनात्मक व्यंङ्ग गरेका छन्।
कार्कीले चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध गर्ने सरकारको निर्णय क्षमतामै घुमाउरो भाषामा प्रश्न उठाएका छन्।
फेसबुकमा पोस्ट गरिएको टिप्पणीमा कार्कीले सरकार र सत्तारुढ पार्टी समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहीन बनाउन चुकिरहेको उल्लेख गरेका छन्।
नेता कार्कीले सिद्धान्तमुक्त राजनीतिबिना कुनै रणनीति बन्न नसक्ने प्रष्ट पारेका छन्। जे आइपर्छ त्यही गर्ने सुविधाको राजनीति भइरहेको धारणा राख्दै सरकारप्रति कटाक्ष गरेका छन्।
नेता कार्कीको धारणा
सिद्धान्तमुक्त राजनीति = नो रणनीति
कार्यनीति + कार्यनीति + कार्यनीति = अवसरवाद
जे आईपर्छ त्यही गर्ने = सुविधाको राजनीति
समाजवादतर्फ ठोस पाइला चालेर विप्लवको राजनीतिलाई औचित्यहीन बनाउन चुक्दैछौँ हामी।
प्रतिबन्ध = हाम्रै आफ्नै अनुभव मनन् गर्दा
आगोमा बारुद हालेर निभाउने प्रयास सावित नहोस्।