काठमाडौँ। नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेपाल कम्युनिष्ट पार्टी, विप्लवमाथि प्रतिवन्ध लगाएर सरकारले द्वन्द्व निम्त्याएको बताएका छन् । साथै शाहीले सरकारको उक्त कदमलाई मुर्खतापूर्ण कदमको संज्ञा दिएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सिके रावतलाई खुल्ला गरेर विप्लब माथी प्रतिबन्ध लगाउनु सरकारको मुर्खता। यो राजनीतिक शक्ति हो । राजनितीक रुपमै हल गर्नुपर्छ। सरकारले द्वन्द्व निम्त्याउन खोजेको देखिन्छ। अनि विप्लव समुहलाई पनि हिँसाको बाटोबाट भन्दा पनि शान्तिपुर्ण बाटोबाट खुल्ला राजनीतिक गतिविधिमा आउन आग्रह गर्दछु।’