काठमाडौँ। सरकारले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’माथि प्रतिवन्ध लगाउने वित्तिकै मुलुकमा बम विष्फोट हुन शुरु भएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयमा मंगलबार राती शक्तिशाली सिलिण्डर बम विस्फोट गराइएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए।
जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो। विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामाथि अनुसन्धान शुरु गरिएको राठौरले बताएका छन्।
घटना थाहा पाएलगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए। राठौरले उक्त बम विष्फोट नेकपा विप्लव माओवादीले गराएको अनुमान गरेका छन्।