काठमाडौँ - पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. -१५ भिष्वा टोलमा विवाह भवनको शिलान्यास गरिएको छ। सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको भवनको आज एक कार्यक्रमकाबीच सांसद प्रदीप यादव शिलान्यास गरेका हुन्।
सांसद यादवको संसदीय विकास पूर्वाधार कोषबाट उपलब्ध हुने २० लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको हो। उक्त भवन निर्माणपछि विवाह, पूजा लगायतका शुभकार्य गर्न सहज हुनेछ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले चुनावका बेला गरेका बाचा पुरा गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाए।