तनहुँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राजनीतिक जीवनमा जति लोकप्रिय छन्, सामाजिक क्षेत्रमा पनि उनको ख्याती उत्तिकै सशक्त छ। आफूले गरेको काम प्रभावकारी भयो कि भएन भन्ने विषयमा फलोअप गर्ने उनको बानी छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा अभिभावकत्व ग्रहण गरेका दुई बालकको बिजोग भइरहेको खबर सार्वजनिक भइरहँदा कांग्रेस युवा नेता पौडेल चाहिँ आफूले अभिभावकत्व ग्रहण गरेका बालकलाई भेट्न पुगेका छन्।
नेता पौडेल आफूले अभिभावकत्व ग्रहण गरेका किर्तन नेपालीलाई भेट्न पुगे। त्यसो त उनी प्रत्येक महिना यहाँ आइपुग्छन्।
नियमित भेटघाटका क्रममा गाउँ फर्कोदय माविमा पुगेर किर्तनको पढाइका बारेमा पौडेलले जानकारी लिएपछि केही समय किर्तनसँग बिताएर फर्किएका छन्।
नियमित भेटघाट गर्न आफ्ना अभिभावक आएको देखेर किर्तन पनि खुशी भए। ‘आफूले जिम्मेवारी लिइसकेपछि दायित्व पूरा गर्नु पर्छ, किर्तनको उज्ज्वल भविष्यप्रति म चिन्तित र दृढ छु,’ पौडेलले भने।