काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना भएकी छन्।
गृह जिल्ला दाङको तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा मन्तव्य राखेर फर्कने क्रममा चौधरी एक्कासी बेहोस भएकी थिइन्।
बोल्दाबोल्दै बेहोस भएकी सांसद चौधरीलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अस्पतालमा भर्नापछि उनको होस खुलेको चौधरीका स्वकीय सचिव सन्तोष दहित बताए।
[caption id="attachment_25107" align="aligncenter" width="900"]

कार्यक्रममा मन्तव्य दिँदै संघीय सांसद तथा नेकपाका सचेतक चौधरी। फोटो ः रासस।[/caption]